कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालयका सानेपामा बस्नेछ ।
केन्द्रीय समिति बैठकअघि बिहीबार बिहान कार्यसम्पादन समितिको बैठक बस्दैछ। कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी गराएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि बैठक बस्न लागेको हो । आजको बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् ।
बुधबार मात्र कांग्रेस नेता गुरुराज घिमिरे लगायतले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत बुझाइसकेका छन् । बैठकमा यो विषयलेसमेत महत्त्व पाउने देखिन्छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया