कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित
पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।
‘आज बसेको केन्द्रीय समिति बैठकद्वारा पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको छ। कांग्रेस बाराका पूर्वसभापति ८४ वर्षीय गौतमको गत असोज ३१ गते राति ९ः१५ बजे काठमाडाैँको पेप्सीकोलास्थित निजी निवासमा भएको निधनप्रति कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गरेको छ‘, मुख्यसचिव पौडेलले भने।


प्रतिक्रिया