नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौँ। नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।
शर्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।
उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो ।
खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो ।
सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रूपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया