मनाङमा वर्षा-हिमपातको उच्च जोखिम: पदयात्रा र हिमाल आरोहणमा पूर्ण सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
मनाङ । गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र भारी हिमपातको सम्भावनाका कारण मनाङ जिल्लामा पदयात्रा तथा हिमाल आरोहण गर्ने पर्यटक र स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार कार्त्तिक १० गतेदेखि १२ गते बिहानसम्म उक्त क्षेत्रमा वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। यस जोखिमलाई न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिले तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जारी गरेको अत्यन्त जरुरी सूचनामा थोराङ्ला पास, लार्के पास, काङ्ला पास, तिलिचो, लमजुङ हिमाललगायतका पदयात्रा मार्गहरू तथा हिमलुङ हिमाल र लमजुङ हिमाललगायतका आरोहण स्थलहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनुरोध गरिएको छ।
‘सम्भावित विपद्लाई मध्यनजर गर्दै यात्रा योजना बनाउनुहोस्। हतारो नगरी मौसमको अपडेट लिनुहोस्,’ सूचनामा उल्लेख छ।
जिल्ला प्रशासनले माथिल्लो मनाङमा विपद् पूर्वतयारी तथा उद्धारका लागि थप जनशक्ति, उद्धार उपकरण, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरू परिचालन गरेको छ।
यसबाहेक, पदयात्रा प्रारम्भ गर्नुअघि वा यात्राका क्रममा कुनै विपद्जन्य घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकायमार्फत तुरुन्त जानकारी गराउन भनिएको छ । जसका लागि नेपाली सेना: ०६६–४४०२२२/९८६८०३०१८१, नेपाल प्रहरी: १००/९८५६०४९२९९ र सशस्त्र प्रहरी बल, नेपाल: ९८५१२७२५१९ रहेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया