मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक
काठमाडौँ । मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधार मोन्था चक्रवातका कारण वर्षा हुने र बाढी पहिरोको प्रकोप हुन सक्ने भएपछि मेची राजमार्गमा जोखिम कम गर्नका लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिए ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया