नेकपा एमालेले मंसिर ६ गते प्रदर्शन गर्ने
काठमाडौं -नेकपा (एमाले)ले मंसिर ६ गते ‘संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ उद्देश्यसहित प्रदर्शन गर्ने भएको छ ।
शनिबार (कात्तिक १५) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले जसका लागि देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने कार्यक्रम तालिका तय गरेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पहिलो चरणमा कात्तिक २२ गते देशभरका वडामा जनभेला आयोजना गरिनेछ। त्यसपछि कात्तिक २५ गते हरेक स्थानीय तहमा प्रदर्शन गरिने योजना रहेको छ।
त्यसपछि कात्तिक २९ गते जिल्ला स्तरीय जनसभा र अन्ततः मंसिर ६ गते काठमाडौँमा ठूलो जनसभा गरिने निर्णय गरिएको उनले बताए।
ज्ञवालीका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा जन दबाव सिर्जना गर्ने उद्देश्यले यी कार्यक्रमहरू सञ्चालन गरिँदैछ ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया