प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् ।
परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका जितेन्द्र सोनल, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बोलाइएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया