बालेनको स्ट्याटस विवादपछि महावीर– सर्को तानेपछि केही पनि नलेख्नू
काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले नशालु पदार्थ सेवन गरेर बोले–लेखेजस्तो महसुस भइरहेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्ट्याटसले सामाजिक सञ्जाल तरंगित बनिरहेका बेला मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।
उनले त्यस्ता पदार्थ प्रयोग गरे पनि त्यस समय नबोल्न र नलेख्न ठट्यौली पारामा अनुरोध गरेका छन् ।
‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’
राजनीतिक दलको अलोकप्रियता, सामाजिक सञ्जाल र युट्युबको बढ्दो प्रयोगपछि केही व्यक्तिहरू नेता र अभियन्ताका रूपमा उदाएका छन् । जनताले आशा र विश्वास गरेका उनीहरूमध्ये केही आफ्ना लेखाइ र बोलाइका कारण विवादमा पर्दै आइरहेका छन् । सार्वजनिक रूपमा खुलेर देखापर्न नचाहने काठमाडौं महानगरपालिकाका मेयर बालेन स्ट्याटसकै कारण चर्चा र विवादमा पर्दै आइरहेका छन् । मेयरमा निर्वाचित भएको केही समयपछि ट्राफिक प्रहरीले आफ्नो सवारीसाधनमा चेकजाँच गरेको रिसमा उनले सिंहदरबार जलाउने धम्की दिएका थिए । त्यसअघिका कुनै पनि स्ट्याटस नहटाएका उनले चौतर्फी आलोचनापछि त्यसलाई भने हटाएका थिए । गएराति पनि उनले विभिन्न मित्रराष्ट्र, राजनीतिक दलहरूलाई अश्लील गाली गर्दै स्ट्याटस लेखेका थिए । चर्को आलोचनाका कारण पोस्ट् गरेको केही समयपछि नै त्यसलाई हटाए पनि आइतबार बिहानैदेखि सामाजिक सञ्जाल उनकै कारण तातिरहेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ



प्रतिक्रिया