वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार डिभिजन वन कार्यालय, इलाममा कार्यरत डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत रहँदै आएका दान बहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
श्रेष्ठ उपर एक करोड त्रिचालीस लाख अठार हजार नौ सय सैंतीस रुपैयाँ बाउन्न पैसा बिगो कायम गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया