फिलिपिन्समा आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु
काठमाडौँ । फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो।
यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ।
कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले अन्य ७५ जना बेपत्ता छन् र १७ जना घाइते छन्। यसका कारण मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।
यस आँधीबेहरीले गरेको विनाश देखाउने धेरै भिडियो पनि बाहिर आएका छन्। यसमा मानिस छतमा आश्रय लिइरहेको देख्न सकिन्छ। मानिसहरूका कार र ढुवानी कन्टेनर सडकमा तैरिरहेका देखिन्छन्।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया