फिलिपिन्समा आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु
काठमाडौँ । फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो।
यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ।
कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले अन्य ७५ जना बेपत्ता छन् र १७ जना घाइते छन्। यसका कारण मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।
यस आँधीबेहरीले गरेको विनाश देखाउने धेरै भिडियो पनि बाहिर आएका छन्। यसमा मानिस छतमा आश्रय लिइरहेको देख्न सकिन्छ। मानिसहरूका कार र ढुवानी कन्टेनर सडकमा तैरिरहेका देखिन्छन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया