NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा

काठमाडौँ । आजबाट एकसाथ दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका हुन् ।

उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘जारी–२’ करिब २ सय शो सहित प्रदर्शनमा आएको छ । केही वर्ष अघिको व्यावसायिक सफल चलचित्र ‘जारी’को सिक्वेलको रूपमा निर्माण भएको यो चलचित्रको बिहीबार साँझ काठमाडौँमा प्रिमियर भयो । प्रिमिएरमा चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो ।

चलचित्रले १० वर्षे द्वन्दकालको छाया कसरी एउटा परिवारमा परेको थियो भन्ने विषयलाई सांस्कृतिक शैलीमा उठान गरेको चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबैले हेर्न मिल्ने युनिभर्स सर्टिफिकेट पाएको छ ।

चलचित्र ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखु लगायतको अभिनय छ ।

यस्तै, टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ बाल गायकको रूपमा भाइरल असोक दर्जीको जीवनकथामा बनेको हो । सुरुमा कम शोज पाएको चलचित्र माउथ पब्लिसिटीले शो बढ्ने अपेक्षा गरिएको छ ।

चलचित्रले अशोकको साङ्गीतिक संघर्ष तथा सफलताको कथा प्रेरणाको रूपमा देखाएको छ । चलचित्रलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको छ ।

‘मन बिनाको धन’ गायक अशोक दर्जीकै मुख्य भूमिका छ । अशोकको अलावा रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय रहेको छ।

चलचित्रका निर्देशक टंक बुढाथोकी हुन् । विष्णुमाया मैनाली निर्माता रहेको यो चलचित्रमा जीपी सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सह–निर्मातामा छन् भने सपना शर्मा कार्यकारी निर्माता रहेकी छिन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष