भक्तपुरमा केन्द्रीय गोदाम घर तयार
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदाम घर निर्माण गरेको छ । करिव रु. १२ करोडका लागतमा बनेको सो गोदाम घरमा विपद्का समयमा अत्यावश्यक गैर खाद्य सामग्री सहित बालबालिका र महिलाका लागि ‘डिग्निटी किट’ राखिने छ ।
नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रूपमा आइतबार सो गोदाम घरको शुभारम्भ गरे । भूकम्प र अन्य प्राकृतिक विपद्को उच्च जोखिम रहेको नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनका लागि गोदाम घरमा राखिने सामग्रीले राहतका काम गर्ने छ ।
सो अवसरमा चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बियन साओले भने, “नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यहाँ आइपर्ने विपद्का समयमा मानवीय सहायता प्रदान गर्ने कार्यको एक हिस्सा बन्न पाउँदा चिनियाँ रेडक्रस अत्यन्त खुसी छ । आगामी दिनमा पनि नेपाल रेडक्रस सोसाइटीलाई आवश्यक पर्ने हरेक क्षेत्रमा साझेदारीका सम्भावनाको खोजी गर्न हामी तयार छौँ ।”
निमित्त कार्यकारी निर्देशक विडारीले चिनियाँ रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई निरन्तर महत्त्वपूर्ण क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ भने । उनले भने, “नेपालमा आइपर्ने जुनसुकै विपद् पश्चात् पहिलो सहायता प्रदान गर्ने साझेदार निकाय चिनियाँ रेडक्रस सोसाइटी हो ।”
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेका उनले गोदाम घर निर्माण लागि चिनियाँ रेडक्रस सोसाइटीले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चिनियाँ रेडक्रस सोसाइटीबाट नेपाल रेडक्रसलाई प्रकोप व्यवस्थापन र अन्य क्षेत्रमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा यहाँस्थित चीनका राजदूत वाङ् सिन, चिनियाँ रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय सहयोग विभागका निर्देशक हाई लीमान, चिनियाँ रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका निर्देशक सेई वेन्नन र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका पदाधिकारी, जुनियर तथा युवा रेडक्रस सर्कलका युवा स्वयंसेवकलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
यसैबीच, चिनियाँ रेडक्रस सोसाइटी अन्तर्गतको उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यका साथ नेपाल भ्रमण रहेको छ । उक्त भ्रमण टोलीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आइबार नै आयोजित स्वागत कार्यक्रममा सहभागिता जनाउँदै दुवै संस्थाबीचको आपसी सहयोग, क्षमता विकास र आपत्कालीन तयारीका विषयमा छलफल गरेको थियो ।
टोलीले नेपाल रेडक्रसको केन्द्रीय कार्यालयस्थित केन्द्रीय तालिम तथा गतिविधि केन्द्रको अवलोकन गरी त्यहाँको पुनः ‘डिजाइन’ र विकास योजनाबारे जानकारी लिएको थियो । त्यसपछि टोलीले भक्तपुरको केन्द्रीय गोदाम घरको भ्रमण गर्दै अवलोकन तथा भवन उद्घाटन समारोहमा सहभागी भएको थियो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया