कर्णालीमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ सार्वजनिक
कर्णाली – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह ले सुर्खेतमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदनको उद्धेश्य शून्य भोकमरी अभियानलाई टेवा पुर्याउनु र नीति निर्माणमा सहयोग गर्नु रहेको बताइएको छ।
पोषणविज्ञका अनुसार विश्वका १२३ देशमध्ये नेपाल भोकमरी सूचाङ्कमा ७२औँ स्थान मा छ। नेपालमा हाल पनि हरेक आठ जनामा एक जना भोका छन् र कूल जनसङ्ख्याको ५.२ प्रतिशत गम्भीर भोकमरीको समस्यामा छन्।
कर्णालीमा ३२ प्रतिशत परिवार खान नपुग्ने अवस्थामा छन्। मन्त्री शाहले शून्य भोकमरीका लागि कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन लगायतका मस्यौदा तयार गरेको जानकारी दिए। उनले कम खेतीयोग्य जमिनबाट बढी मूल्यका वस्तु उत्पादन गर्न सरकार लागिरहेको बताए।
लिबर्डका प्रमुख लक्ष्मण खत्री र वेल्ट हङ्गर हिल्फेका साकिव नावीले तीनवटै तहका सरकारले योजना मात्र होइन, प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। विगतमा पुड्कोपन हटाउन नसकिए पनि ख्याउटेपन र बाल मृत्युदरमा भने सुधार आएको लिबर्डले जनाएको छ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया