मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अर्जुन साहले मधेश प्रदेशमा गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
संसदमा विश्वासको मत नलिई मुख्यमन्त्रीबाट राजीनामा दिएकाले फेरि पनि धारा १६८ को उपधारा (२) नै आकर्षित हुने र सरकार बन्ने अवस्था हुँदाहुँदै धारा १६८ (३) मा गएर असंवैधानिक मुख्यमन्त्रीमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख छ ।
यसैगरी रक्कीप्रसाद साह र सुजित यादवले समेत पनि सर्वोच्चमा रिट दायर गरेका छन् । उनले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ । भोलिलाई पेशी तोकिएको छ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया