NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

गृहमन्त्री अर्याल र आइजीपी कार्कीसँग जेनजी घाइतेहरुको मन्त्रालयमा भेट

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्।

गृह मन्त्रालयमा गृहसचिव रामेश्‍वर दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएपछी प्रहरी प्रमुख कार्कीले गृहमन्त्री अर्याललाई कार्यकक्षमा भेट गरेका हुन् ।

भेटमा गृहमन्त्री अर्यालले आइजीपीमा बढुवा नियुक्ती हुनुभएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै देशमा शान्ति, सदभाव, अमनचैन र नजिकिंदै गरेको प्रतिनिधि सभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोवल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन गरे।

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रुपमा हुने आदेश र निर्देशको परिधीभित्र रही आफु र आफ्नो संगठनले सधै जनताको जिउधनको सुरक्षा र शान्ति सुवास्था कायम गर्दै आफु दत्तचित्त भई लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।

यसै क्रममा गृहमन्त्री अर्याल र नवनियुक्त प्रहरी प्रमुख कार्कीले संयुक्तरुपमा गृह मन्त्रालयमा जेनजी आन्दोलनमा घाइते भएका दुई जना र जेनजी प्रतिनिधिसँग भेट गरेका छन्। भेटमा घाइतेहरुले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरुको उचित उपचार प्रवन्ध र जेनजीका न्यायोचित मागहरुको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष