शारीरिक र मानसिक दुवै हिसाबले गलित छन् धुर्मुस
काठमाडौं । हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्ना श्रीमान् सीताराम कट्टेल ‘धुर्मुस’ शारीरिक र मानसिक रूपमा निकै गलेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट् गर्दै कुञ्जनाले धुर्मुसको पछिल्लो अवस्थाबारे अपडेट गराएकी हुन् ।
धुर्मुस शारीरिक र मानसिक दुवै हिसाबले गले पनि शुुभेच्छुकहरूको मायाले छिट्टै पहिलेको जस्तै सामान्य अवस्थामा फर्किने विश्वास उनले व्यक्त गरेकी छन् ।
‘शारीरिक र मानसिक दुवै रूपले धेरै नै गल्नुुभएको छ । तर हजुरहरूको मायाले उहाँ छिट्टै पहिलेको सामान्य अवस्थामा फर्किनुहुनेछ भन्ने आश जागेको छ,’ कुञ्जनाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
स्वास्थ्यमा समस्या आएपछि धुर्मुसले प्राकृतिक चिकित्सा विधिबाट उपचार समेत थालेका छन् । सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर, नवलपरासीमा उपचाररत धुर्मुसको तस्बिर सार्वजनिक गर्दै कुञ्जनाले यसको जानकारी गराएकी छन् ।
हास्यव्यंग्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट उदाएका धुर्मुसले यसबाट पाएको नेम र फेम दुवै प्रयोग गर्दै समाजसेवा थालेका थिए । मुसहर बस्ती निर्माणलगायतका काम गरेका धुर्मुसले चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने मेगा प्रोजेक्ट थालेका थिए । तर यसमा उनी स्रोत जुटाउन मात्र असफल भएनन्, त्यसमा गरिएको खर्चको पारदर्शिता सम्बन्धी प्रश्नले पनि घेरिए । यद्यपि, यसमा गरिएको खर्च पारदर्शी भएको विभिन्न छानबिनले देखाएका छन् । तर बहुप्रतिभाशाली कलाकार धुर्मुस यही प्रकरणले पछिल्लो केही वर्षदेखि बिथोलिँदै आइरहेका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ



प्रतिक्रिया