एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले साझेदारसँगको सहकार्यमा १० दिनमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
पशुकल्याणका लागि काम गर्ने सङ्घसंस्थासँगको सहकार्यमा यही कात्तिक १४ गतेदेखि सबै वडामा बन्ध्याकरण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकुर/बिरालोलाई रेविजविरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशुचिकित्सक डा पूजा खनालले जानकारी दिनुभयो । गत वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा पाँच हजार पाँच सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेविजविरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले २०७९/०८० देखि सामुदायिक कुकुर बिरालोलाई रेविजविरुद्ध खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आगामी पुसअघिसम्म करिब चार हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको महानगरपालिकाले जनाएको छ । थप बजेटको व्यवस्था हुनसके थप चार हजारको बन्ध्याकरण गर्ने योजना रहेको महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया