सिमरा विमानस्थल वरपर कर्फ्यू, जेनजी र एमाले कार्यकर्ता बीच झडप
सिमरा (बारा) – सिमरा विमानस्थलको आसपासको क्षेत्र आज झडपपछि कडाइका साथ नियन्त्रणमा लिइँदै कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यू आज बेलुकी ८ बजेसम्म लागू हुनेछ।
नेकपा (एमाले)का कार्यकर्ता र जेन-जी युवाबीच विमानस्थल बाहिर विवाद बढ्दै गएपछि स्थिति तनावपूर्ण बनेको थियो। एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका नेताहरू विमानस्थलमा पुगेको जानकारी सार्वजनिक भएपछि जेन-जी समूह प्रदर्शनमा उत्रिएको र त्यसपछि दुई पक्षबीच भिडन्त भएको प्रहरीले जनाएको छ।
तनाव बढेपछि सुरक्षाकर्मीले एमाले नेताहरूलाई विमानस्थलभित्रै सुरक्षित स्थानमा राखेको छ। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको बताइन्छ।
ताजा अपडेट
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै


प्रतिक्रिया