NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

मंसिर २६ सम्म मतदाता नामावली सच्याउन सकिने

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मंसिर २६ गतेसम्म समय तोकेको छ।

मतदाता नामावलीलाई त्रुटिरहित तुल्याउन सच्याउने समय दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्।

आयोगले भनेको छ, ‘मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले मिति २०८२/८/२६ सम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको लागि आयोग हार्दिक अपिल गर्दछ।’

यो अवधिमा त्रुटि सच्याउनेसँगै कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए उजुरी दिन, एकभन्दा बढी ठाउँमा नाम समावेश भए एउटै ठाउँमा कायम गर्न, मृत्यु वा नागरिकता त्यागेको भए जानकारी गराउन पनि आग्रह गरेको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष