पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु
पोखरा– नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा–ढोरपाटन पर्यटन प्रवर्द्धन कार्यक्रम प्रारम्भ गरेको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् ।
सङ्घका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा कास्कीको घान्द्रुक, बागलुङ, म्याग्दी र पर्वतका यातायातसम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम दिइने छ ।
ढोरपाटनमा त्यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरिने छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया