वैदेशिक राेजगार विभाग बाहिरबाट १३ जना बिचाैलिया पक्राउ
काठमाडौं । सर्वसाधारणलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झण्झट दिने १३ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीलाई हैरानी दिइ बिचौलिया प्रयोग गर्न उनीहरूले बाध्य बनाउने गरेको आचार्यले बताए । उनीहरूले पीडितसँग पीडकविरुद्ध पुर्जी जारी गरिदिन सहयोग गर्ने भन्दै मोलमोलाइ गर्ने गरेका छन् ।
उनीहरूको नाम गोप्य राखिएको आचार्यले बताए ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया