बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त
बाजुरा – बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ।
पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो। नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो।
वडाका ४५६ घरमा अनुगमनपछि उक्त वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको उपप्रमुख नन्दा थापाले बताइन्। कार्यक्रमअनुसार छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया