नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो
काठमाडौं । पुरातत्व विभागले हालसम्म नेपालबाट चोरिएका १९८ पुरातात्विक वस्तु विदेशबाट फिर्ता ल्याइएको जनाएको छ ।
विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो । युरोप, संयुक्त राज्य अमेरिकालगायतका मुलुकबाट विभिन्न संस्थाबीचको सहकार्यबाट फिर्ता ल्याइएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् ।
अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ । सोही नियममनुसार ती सम्पदा ल्याइएका हुन् ।
विभिन्न कालखण्डमा नेपालमा निर्मित भएका काष्ठकला, प्रस्तरकला, वास्तुकला, मूर्ति, तोरणलगायत प्राचीन सम्पदा चोरी भएर विदेशमा फेला परेपछि सूचनाका आधारमा दाबी गरिने र प्रमाण पु¥याएर फिर्ता गरिने गरिन्छ । फिर्ता गरिएका कतिपय सामग्री सम्बन्धित स्थानमा विधिपूर्वक प्रतिस्थापन गरिँदै आएको छ ।
विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेका ती सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएको विभागले जनाएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया