युके पठाउने भन्दै ५२ लाख ठगी, एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइलीलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै र ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए । रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया