नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिए ।
उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताए। उनले नेपाली कांग्रेस निर्वाचन र महाधिवेशनमा सँगसँगै जाने उल्लेख गरे।
नेता कोइरालाले भने, ‘पार्टीको विधानअनुसार दुई पटक सभापति भइसक्नुभएका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा सभापतिमा उठ्नु हुन्न ।’
उनले तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले संसद् पुनःस्थापनाको माग उठाउने धारणा राखे। उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुई-चार दिन मिति पछि सर्नसक्ने जानकारी दिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया