मतगणनाको सुरुमै अघि लागे ओली, महासचिवमा कडा प्रतिस्पर्धा
काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बनाएका छन् ।
एमाले निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी ओलीले १५६ मत प्राप्त गरेका छन् । पोखरेल भने दोब्बर बढी मतले पछि परेका छन् । उनले ६७ मत पाएका छन् ।
त्यस्तै, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा देखिएको छ । पोखरेलले ११५ मतका साथ अग्रता बनाउँदा पाण्डे १०८ मतका साथ उनलाई नजिकबाट पछ्याइरहेका छन ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया