मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेश सभाको बैठकमा उपस्थित हुन सांसदहरूलाई एसएमएस पठाइ सकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री यादवले लिने विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाइदिन बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए ।
संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली काँग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेश सरकारको कार्यकाल थप स्थिर हुने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका कार्यमा सरकार अझ सक्रिय हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया