सोमालियामा खडेरीका कारण ४६ लाख मानिस प्रभावित, सहयोगका लागि अपिल
एएफपी । सोमालियामा खडेरीजन्य विपत्ति उल्लेखनीय रूपमा गहिरिँदै गएको अधिकारीहरूले सोमबार बताएका छन् । अधिकारीहरूले देशभरि लामो समयसम्म खडेरी रहँदा यसबाट ४६ लाख मानिसहरू प्रभावित भएका संयुक्त राष्ट्रसंघ (युएन) राहतमामिला हेर्ने निकायले बताएको छ ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (ओसीएचए) ले दुई मुख्य वर्षा ऋतुमा न्यून वर्षाका कारण खडेरी र यसका कारण निम्तिएको संकटले देशलाई गाँजेको छ। सहयोगको लागि कोषको कमीले यसलाई जटिल बनाएको छ र यसका कारण पहिले नै खराब मानवीय अवस्था रहेको सोमालियामा अझ खराब संकट निम्तिएको छ।
सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा सोमालियाका अधिकारीहरूले पशुपालन र खेतीयोग्य जीविकोपार्जनको सम्भावित पतन र जीवनलाई रोक्न तत्काल सहयोगको लागि अपिल गरिरहेका छन्।
आगामी चार महिना संकटको अवस्था बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् । अर्को वर्षा सन् २०२६ अप्रिलसम्म हुने अपेक्षा गरिएको छैन।
ओसीएचएले भनेको छ, अर्को वर्ष जनवरीदेखि मार्चसम्म रहने सुख्खा मौसमले पहिले नै अवलोकन गरिएको खडेरीको अवस्था, पानीको अभाव, असामान्य पशुधन बसाइँसराइ र पशुधनको मृत्युमा वृद्धि हुने सम्भावना बढेको छ । यसलेसोमालियाका धेरै भागहरूमा तीव्र खाद्य असुरक्षा बढ्ने देखिएको अधिकारीहरूले बताएका छन् ।
विशेष गरी देशको मध्य, दक्षिणी र उत्तरी क्षेत्रहरूमा खडेरीको प्रभाव गम्भीर छ, तर यो अन्य क्षेत्रहरूमा पनि फैलिरहेको छ । यसले पहिले नै खाद्य संकटको अभाव झेलिरहेका समुदायहरूलाई थप किनारामा धकेलिरहेको छ ।
संयुक्त राष्ट्रसंघ आपत्कालीन राहत संयोजकले संयुक्त राष्ट्रसंघ केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोषबाट खडेरीसँग जुध्न प्रारम्भिक कार्यको लागि एक करोड अमेरिकी डलर छुट्याएको छ । यसबाट छ लाख तीन हजारभन्दा बढी मानिसहरूलाई सहयोग गर्ने लक्ष्य लिइएको छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया