NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

भेनेजुएलामा अमेरिकी आक्रमण, ट्रम्पले सार्वजनिक गरे राष्ट्रपति मदुरोको तस्बिर

 

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन्।नेपाली समयअनुसार गए राति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन्। सार्वजनिक गरिएको तस्बिरमा हातमा हतकडी लगाइएको र आँखामा पट्टी बाँधिएको देखिएका छन् ।

मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘यूएसएस इवो जिमामा निकोलस मादुरो।’ घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन्। अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको हो ।

पछिल्ला केही महिनायता दुई देशबीचको तनाव बढ्दै गएको थियो, कूटनीतिक सम्बन्ध तोड्नेदेखि लिएर एकले अर्कालाई निषेध गर्ने तहसम्मको अवस्था बनेको थियो। यसबीच शनिवार बिहानदेखि अमेरिकाले भेनेजुएलाको राजधानी कराकाससहित मिरान्डा, अरागुआ र लाग्वाएरा सहरमा आक्रमण गरेको हो।

 

ताजा अपडेट

नेपालवाच विशेष