NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

 

काठमाडौँ – भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन्।

बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटमा मचाडोले पुरस्कार ट्रम्पलाई सुम्पिएकी हुन्। भेटपछि उनले यो दिन भेनेजुएलाका लागि ऐतिहासिक भएको बताइन्।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा मचाडोको कदमको प्रशंसा गर्दै यसलाई पारस्परिक सम्मानको प्रतीक भनेका छन्। उनीहरूबीच प्रत्यक्ष भेट पहिलोपटक भएको हो।

भेनेजुएलामा हाल राजनीतिक संकट चुलिँदै गएको बेला मचाडोले ट्रम्पको कदमलाई समर्थन गर्दै आएकी छन्।

सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलामा लोकतन्त्रका लागि गरेको संघर्षको कदरस्वरूप मचाडोलाई प्रदान गरिएको थियो।