विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन
काठमाडौँ । महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको थियो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै थिए । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो ।
विमानमा अजीतका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । सवार सबैको मृत्यु भएको बताइएको छ ।
दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया