नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना
काठमाडौँ । ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइले नेपाली सेनालाई गर्विलो इतिहास र उत्कृष्टताका लागि विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्थान भन्दै प्रशंसा गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रमुख अतिथी बोसवेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा असाधारण योगदान पुर्याएकामा बेलायती सेनाले नेपाली सेनालाई उच्च सम्मान दिने बताएका थिए । नेपाली शान्ति सेनाहरूले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा पनि कमाएको उल्लेख गरे ।
मेजर जनरल बोसवेलले विश्व शान्ति र स्थायित्वमा नेपाली सेनाको योगदान असाधारण रहेको पनि जनाए ।
उनले संयुक्त अधिराज्यको वेल्समा आयोजित विश्वकै कठिन अभ्यास क्याम्ब्रियन पट्रोल एक्सरसाइज २०२५ मा नेपाली सेनाले स्वर्ण पदक जितेको प्रसंग उठाउंदै यसले नेपाली सेनाको सहनशीलता, रणनीतिक सीप, लचिलोपन र सर्वोच्च आदेशको नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको पनि बताए ।
ब्रिटिश गोर्खा सैनिकहरू बहादुरी, वफादारी र व्यावसायिकताको उदाहरण बनेका उल्लेख गर्दै मेजर जनरल बोसवेलले दुई सेनाबीचको साझेदारी संयुक्त तालिम र शिक्षा, विपद् प्रतिक्रिया सहयोग, व्यावसायिक आदानप्रदान, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय नियम–आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत अगाडि बढेको पनि चर्चा गरे ।
बेलायत र नेपालले दुई शताब्दीभन्दा बढी समयदेखि संयुक्त तालिम, शिक्षा, विपद् व्यवस्थापन सहयोग, व्यावसायिक अनुभव आदानप्रदान, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धका लागि साझा प्रतिबद्धतामार्फत निरन्तर अगाडि बढेका पनि जनाए । यो साझेदारी दिगो र स्थिर रहने पनि उनको भनाइ थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया