भारत–ब्राजिलबीच दुर्लभ खनिज तत्वमा सहकार्य गर्ने समझदारी
काठमाडौं । भारत र ब्राजिलले २१ फेब्रुअरीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नयाँ दिल्लीमा जारी एआई सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा आएका ब्राजिलका राष्ट्रपति लुईज इनासियो लूला दा सिल्भाले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’को क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नयाँ दिल्लीमा दुवै नेताबीच भएको विस्तृत वार्तापछि यो साझेदारीलाई अन्तिम रूप दिइएको हो । यो समझदारीले दुवै देशको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मात्र होइन, विश्वव्यापी आपूर्ति शृंखलाको समीकरणसमेत परिवर्तन गर्न सक्ने क्षमता राख्ने बताइएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया