लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते
बेरुत, फागुन १८ गते । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
विज्ञप्ति जारी गर्दै मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइते भएको सोमबार जनाएको छ । यसै गरी दक्षिणी लेबनानमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको र ५८ जना घाइते भएको जनाउदै केन्द्रले मृतकको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
इजरायली आक्रमणले, बेरुतको दक्षिणी उपनगरलाई लक्षित गरेकाले दक्षिणी लेबनानबाट इजरायली संस्थातिर रकेट प्रक्षेपण गरेपछि विस्थापनको ठूलो मात्रामा लहर सुरु भएको जनाइएको छ । सन् २०२४ नोभेम्बर मा युद्धविराम सम्झौता लागु भएपछि पहिलो पटक इजरायली इकाई तिर रकेट प्रहार गरिएको जनाइएको छ ।
सन् २०२४ नोभेम्बर मा, लेबनानमा लागु भएको युद्धविराम सम्झौतामा ६० दिन भित्र दक्षिणी सीमावर्ती गाउँ र सहरबाट इजरायली सेना फिर्ता लिन अनिवार्य गरिएको थियो । त्यसपछि, लेबनानी सरकार फेब्रुअरी १८ सम्म समयसीमा विस्तार गर्न सहमत भयो, यद्यपि, कब्जा सेना पाँच बिन्दुमा तैनाथ छ भने निरन्तर युद्धविरामको उल्लङ्घन जारी छ । रासस/क्यूएनए
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया