इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
वासिङ्टन डीसी । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सोमबार इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सेवा सदस्य (सैनिक) को मृत्यु भएको जनाएको छ। रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको उक्त घटनाको पुष्टि गरेको हो।
घटनाको प्रकृति र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ। यसअघि सेन्टकमले ओमानको खाडीमा ११ वटा इरानी जहाजहरू डुबाइदिएको बताएको थियो । अब उक्त क्षेत्रमा इरानको कुनै पनि जहाज बाँकी नरहेको अमेरिकाको दाबी छ ।
इरानले दशकौँदेखि ओमानको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीलाई दुःख दिने र आक्रमण गर्ने गर्दै आएको सेन्टकमको भनाइ छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया