NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

इरान – इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो ।

अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब ११६ डलर पुगेको छ, जुन अघिल्लो मूल्यभन्दा झन्डै २८ प्रतिशतले बढेको हो ।

मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिम उत्पन्न भएपछि विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । विशेषगरी पर्सियन गल्फ क्षेत्रबाट विश्वभर तेल पठाउने प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज अहिले असुरक्षित बनेको छ ।

यो मार्गबाट दैनिक करिब १५ मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुने गर्छ, जुन विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हो । युद्धका कारण मिसाइल र ड्रोन आक्रमणको खतरा बढेपछि धेरै तेल ट्याङ्करहरू यो मार्ग प्रयोग गर्न डराउन थालेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष