NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी

काठमाडौँ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अलि लारीजानीको मृत्यु भएको दाबी गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै काट्जले आफूलाई भर्खरै इरानका उच्च सुरक्षा अधिकारीको मृत्युको जानकारी प्राप्त भएको बताएका हुन्।

यता, इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने अलि लारीजानीले छिट्टै एउटा सन्देश जारी गर्ने दाबी गरेका छन्। अलि लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्।

उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले परिषद्को सचिव र इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको प्रतिनिधिको रूपमा नियुक्त गरेका थिए।

अलजजिराले विगत केही घण्टायता हामीले तेहरानका विभिन्न भागहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएको जनाएको छ । यी आक्रमणहरू राजधानीमा मात्र सीमित नभई देशका अन्य सहरहरू अह्वाज, इस्फाहान र सिराज़मा पनि भएका छन्।

अलजजिराले राजधानीभरिका महत्त्वपूर्ण भवनहरू र दुई प्रमुख व्यक्तिहरू आईआरजीसीको बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि लारीजानीमाथि आक्रमण भएको सूचना आएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि लारीजानीलाई निशाना बनाएको एक इजरायली सैन्य अधिकारीले बताएका छन्। उनी मारिएका हुन् वा घाइते भएका छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

यसअघि सोमबार अबेर साँझ अलि लारीजानीले एउटा पत्र जारी गर्दै इस्लामिक देशका सरकारहरूको आलोचना गरेका थिए।

ताजा अपडेट

नेपालवाच विशेष