नापजाँच भएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
धनुषा । नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
साविक कजरारमौल गाउँ विकास समितिअन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो । नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो ।
नापी कार्यालय धनुषाका अनुसार आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ११० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
लामो समयदेखि पुर्जाविहीन रहेका स्थानीयले जग्गाधनी पुर्जा पाएसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित भएको बताएका छन् ।
ताजा अपडेट
-
भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता
-
सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
-
नापजाँच भएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
-
वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित
-
श्रावण शुक्ल पञ्चमी: वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम


प्रतिक्रिया