भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता
काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन्।
आइतबार काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष सेठले सोमबार जङ्गी अड्डामा प्रधान सेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा दुवै पक्षबीच आपसी हितका विषय तथा नेपाल र भारतबीचको पारस्परिक सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणका क्रममा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध र सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भइरहेको छ।
नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि उच्चस्तरीय भ्रमण तथा विभिन्न सैन्य सहकार्य हुँदै आएको छ। दुई सेनापतिलाई एकअर्का देशमा मानार्थको दर्ज्यानी चिह्न दिने चलन पनि रहेको छ।
ताजा अपडेट
-
भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता
-
सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
-
नापजाँच भएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
-
वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित
-
श्रावण शुक्ल पञ्चमी: वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम


प्रतिक्रिया