एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।
दुवै टोलीका लागि यो समूह चरणको अन्तिम खेल हो। ९ अंक जोडेको लुम्बिनी हाल अंक तालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित हात पार्दै १० अंकसहित शीर्षस्थानमा उक्लने लक्ष्यमा लुम्बिनी रहेको छ। यस सिजनमा लुम्बिनीलाई निकै सन्तुलित टोलीका रूपमा हेरिएको छ।
अर्कोतर्फ, विराटनगरका लागि आजको खेल निकै चुनौतीपूर्ण छ। ६ अंकसहित पाँचौँ स्थानमा रहेको विराटनगरलाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेल जित्नैपर्ने दबाब छ। यदि आजको खेलमा पराजित भएमा विराटनगर प्रतियोगिताबाट बाहिरिनेछ। त्यसैले विराटनगरका लागि यो खेल ‘गर या मर’ को अवस्थामा छ।

प्रतिक्रिया