रुसी सेनाकाे कब्जामा रहेकाे मेलिटोपोलमा नयाँ नगरप्रमुख नियुक्त

किएभ । रुसी सेनाले आफ्नो कब्जामा लिएको सहर मेलिटोपोलमा एक नयाँ नगरप्रमुख नियुक्त गरेको छ । युक्रेनका स्थानीय मिडियाले यसबारे जानकारी दिएका हुन् । यसभन्दा अघि रुसी सेनाले मेलिटोेपोलका नगरप्रमुख इभान फेडोरोभको अपहरण गरेका थिए ।
नयाँ नगरप्रमुख गलिना डेनिलचेन्कोले टेलिभिजनमार्फत उनको मुख्य यस नयाँ वास्तविकताको सामना गर्ने आधारभूत प्रणालीमा काम गर्नु हो ।
उनले आफूले सहरको काम कारबाही सञ्चालन गर्न जनप्रतिनिधिको एक समिति बनाइरहेको बताएकी छन् । उनले सहरबासीलाई अतिवादी गतिविधिमा सहभागी नहुन पनि अपिल गरेकी छन् ।
प्रतिक्रिया