ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको आजदेखि एकीकृत कारोबार सुरू
काठमाडाैं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एक आपसमा मर्जर भएर पुस २५ (आजदेखि) एकीकृत कारोबार सुरू भएको छ ।
यी दुबै बैंकबीच गत असोजमा नै मर्जर सम्झाैता भएको थियो । मर्जर सम्झाैताको चार महिनापछि यी दुइ बैंकले आजदेखि एकीकृत कारोबार सुरू गरेको हो । बैंकको एकीकृत कारोबारको सुरू प्रधानमन्त्री पुष्पकमल दाहालले गरे ।
एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २३, २४ र २५ (तीन दिन) सबै सेवाहरु बन्द गरेका थिए ।
दुवै एक भएपछि अब ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमतिमा तथा कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । सम्झौतमा दुवै बैंक १:१ अर्थात बराबरी हैसियतमा मर्जमा जाने सम्झौता गरेका थिए । यस्तै, मर्जरपश्चात ग्लोबल आइएमई बीओके बैंकको नाममा एकीकृत कारोबार हुने सम्झौता भएको थयो । तर, राष्ट्र बैंकले यो नाममा सहमति नदिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया