कांग्रेस निर्वाचन समितिका संयोजकले दिए राजीनामा

काठमाडौं । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले राजीनमा दिएका छन् । कानुन व्यवसायीहरूको साझा संस्था नेपाल बार एसोसियशनको केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका घिमिरेले राजीनामा दिएका हुन् ।
घिमिरेले सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको १४ औं महाधिवेशनको कार्यक्रम सुरु भएपछि बीचमै महादेव यादवले राजीनामा दिएपछि निर्वाचन समितिका सदस्य घिमिरेलाई संयोजक चयन गरिएको थियो । घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न गरेको थियो ।
प्रतिक्रिया