विश्वमा धेरै कमाउने ८ अभिनेता : चौँथो नम्बरमा शाहरूख खान
काठमाडाैं । दुनियाँलाई मनोरञ्जन प्रदान गर्ने फिल्म उद्योग आम्दानीको हिसाबले शीर्ष स्थानमा छ । त्यो चाहे बलिउड होस् या हलिउड ।
फिल्म क्षेत्रबाटै एक अभिनेता होस् या अभिनेत्री हिट भएसँगै कमाई पनि त्यही अनुसारको तीव्र रूपमा बढ्दै जान्छ । साथै उनीहरूको जीवनशैली, विलासिता त्यही अनुरूप बन्दै जान्छ । विश्वमा सबैभन्दा धेरै कमाउने अभिनेताको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसबारे हेराैं :
संसारकै धनी अभिनेता
वर्ल्ड अफ स्ट्याटिस्टिक्सले ट्वीटरमार्फत विश्वकै धनी अभिनेताको नाम सार्वजनिक गरेका छन् । जसमा कुल सम्पत्तिको तथ्यांक पनि खुलाएको छ । वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार विश्वकै सबैभन्दा धेरै कमाउने अभिनेतामा जेरी सिनफिल्ड हुन् । उनी अमेरिकन हास्य कलाकार हुन् । उनको कुल सम्पत्ति एक अर्ब डलर छ ।
सोही लिस्टको दोस्रो नम्बरमा अमेरिकन फिल्म उद्योगकै कमेडियन, निर्माता तथा पटकथा लेखक टेलर पैरी छन् । उनको सम्पत्ति पनि एक अर्ब डलर रहेको अनुमान छ । तेस्रो नम्बरमा ‘द राँक’ नामबाट चर्चित अभिनेता ड्वेन जोनसोन रहेका छन् । उनको कुल सम्पत्ति ८ सय मिलियन डलर छ ।
बलिउड अभिनेता शाहरूख खान चौँथो नम्बरमा
वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार धनी कलाकारको सूचीमा भारतीय अभिनेता शाहरूख खान चौँथो नम्बरमा छन् । बलिउडमा किङ खान भनेर चिनिने अभिनेता शाहरूखको सम्पत्ति ७७० मिलियन डलर छ । त्यस्तै पाँचांमा अमेरिकाकै मिसन इम्पोसिबल सिरिजका अभिनेता टम क्रुज छन् । उनको सम्पति ६२० मिलियन डलर छ ।
Richest actors in the world:
🇺🇸 Jerry Seinfeld: $1 Billion
🇺🇸 Tyler Perry: $1 Billion
🇺🇸 Dwayne Johnson: $800 million
🇮🇳 Shah Rukh Khan: $770 million
🇺🇸 Tom Cruise: $620 million
🇭🇰 Jackie Chan: $520 million
🇺🇸 George Clooney: $500 million
🇺🇸 Robert De Niro: $500 million— World of Statistics (@stats_feed) January 8, 2023
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया