यी हुन् नेपालका उत्कृष्ट सात नगरपालिका
काठमाडौं । नेपालभरका उत्कृष्ट सात नगरपालिका घोषणा भएका छन् । नगरपालिका संघले नगरपालिकाको कामको मूल्यांकन गर्दै विभिन्न विधाका सात उत्कृष्ट नगरपालिका छानेको हो । संघको २९ वार्षिक साधारण सभाबाट सात उत्कृष्ट नगरपालिकालाई सम्मान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट बनेका नगरपालिकालाई सम्मान गरेका छन् ।
संस्थागत विकासतर्फ उत्कृष्ट हुनेमा स्याङजाको वालिङ र पुतलीबजार नगरपालिका छन् ।
सहरी योजना र विपद् व्यवस्थापनको उत्कृष्टमा धादिङको नीलकण्ठ नगरपालिका परेको छ ।
स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट बनेको छ ।
वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका उत्कृष्ट भएको छ । सामाजिक विकासतर्फ उत्कृष्ट बन्नेमा रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका परेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सबैभन्दा नजिकको सरकार भएको पनि बताए । स्थानीय तहलाई स्थानीय सरकार भन्न पनि कुनै आपत्ति नहुने उनको भनाई थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया