३२ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार
काठमाडौं । मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको छ ।
मंगलबार ६३ हजार ४३० पटकमा १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ०.३२ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार विकास २.६६, वित्त ३.६०, होटल तथा पर्यटन ५.१२, वित्त ५.०४, लगानी २.९१, जीवन बीमा १.४३, उत्पादन ०.०९, लघुवित्त १.१७, सामूहिक लगानीकोष ०.५६, नीर्जीवन १.२७, अन्य २.६४, व्यापार ०.२४ प्रतिशतले बढेको छ ।
त्यस्तै आज ग्रिनभेञ्चर, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । आज प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सर्वाधिक ८.४५ प्रतिशतका दरले गुमाएका छन् ।
मंगलबार अपि पावर कम्पनीले सर्वाधिक २३ करोड २६ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै अप्पर तामाकोसी हाइड्रोपावर ११ करोढ ३८ लाख, न्यादी पावर कम्पनी १० करोड ४८ लाख, रिदी पावर ९ करोड ४ लाख र हिमालयन डिष्टिलरी ८ करोड १७ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया