दक्षिण कोरियाली हास्य अभिनेता किम ब्युङ-म्यान नेपाल भ्रमणमा
काठमाडौं । चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ-म्यान नेपाल भ्रमणमा आइपुगेका छन् । उनी कोरियाली कलाकारको टोलीसहित काठमाडौं आइपुगेका हुन् ।
उनले पर्यटकीय नगरी पोखरा र अन्नपूर्ण क्षेत्रमा भ्रमण गर्ने पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार उनको भ्रमणको उद्देश्य दक्षिण कोरियाली पर्यटकलाई नेपाल भ्रमणमा आकर्षित गर्नु रहेको छ । उनी पोखरामा गुरूङ समुदायको भेषमूषामा सजिएको तस्विरसमेत सार्वजनिक भएको छ ।
अभिनेता किम नेपाल पर्यटन बोर्डका सद्भावना दूत समेत रहेका छन् । उनी कोरियाली फिल्म र टेलिभिजन सिरिजमा हास्य कलाकारको रुपमा समेत चर्चित छन् । साथै दक्षिण कोरियाली टीभी सिरिज ‘ग्याग कन्सर्ट’मा उनले गरेको अभिनय स्ल्यापस्टिक, एक्रोबेटिक स्टन्टको रुपमा चर्चित छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया