९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा
इस्लामावाद । ९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ ।
देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो ।
ग्यालप र गिलानी सर्वेक्षणमा सहभागीमध्ये सात प्रतिशतले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउन नहुने जवाफ दिएका छन् । शहरी क्षेत्रका तीन प्रतिशतभन्दा बढी चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउने पक्षमा उभिएका प्रतिवेदनमा उल्लेख छ ।
चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने मानिसहरूको सबैभन्दा बढी प्रतिशत देशको पूर्वी पञ्जाब र दक्षिणी सिन्ध प्रान्तका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वाबाट ९३ प्रतिशतले पनि चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने जवाफ दिएका छन् । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका ८७ प्रतिशत मानिसले पनि सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया