खेल मैदानमै हेलिकप्टर अवतरण गर्ने पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ

काठमाडाैं । स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको हो ।
प्रहरीले हेलिकप्टरमा सवार विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना र कुटपिटमा संलग्न यामबहादुर गुरूङ र सुरेश श्रेष्ठलाई पक्राउ जनाएको छ ।
माघ ५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो ।
खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण भएपछि त्यहाँ झडपसहित हातपात भएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया