१७ लाख बढी युक्रेनी भागेर पोल्यान्ड पुगे
काठमाडौं । पोल्यान्डको सीमा सुरक्षा निकायले सोमबार युद्ध सुरु भएयता अहिलेसम्म १७ लाख ५० हजार युक्रेनी नागरिक भागेर पोल्यान्ड पुगेको बताएको छ । सबै शरणार्थीहरु पोल्यान्डमा नै रोकिएको हुन सक्ने ठानिएको छ ।
वार्सा विश्वविद्यालयका भाइरस रेक्टर माश्कि दुश्चिकले १० लाख शरणार्थी पोल्यान्डमा रहेको र बाँकी अन्य देश गएको बताएका छन् । बोर्डर गार्ड एजेन्सीले ट्विट गर्दै आइतबार ८२ हजार र शनिबार ७९ हजार ८ सय मानिसले युक्रेनबाट पोल्यान्ड पसेको बताएका छन् ।
युक्रेनमा रुसले फेबु्रअरी २४ देखि आक्रमण सुरु गरेसँगै विस्थापित हुने युक्रेनीको जम्मा संख्या २५ लाखमाथि पुगेको राष्ट्र संघले बताएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया